
विराटनगर। नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन आज शुक्रबारबाट फिर्ता लिएको छ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री हिक्मत कार्कीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।
शुक्रबार बसेको माओबादी कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको हो। समर्थन फिर्ता लिएको आधिकारिक लिखित जानकारी प्रदेशसभा सचिवालयमा दर्ता गरिएको छ।
नेपाली कांग्रेसका केदार कार्की नेतृत्वको सरकारलाई विस्थापन गरी गत वैशाख २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। उनले जेठ १ विश्वासको मत लिएका थिए।
एमालेका कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका थिए। केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको हो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...