
विराटनगर। कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सूचारु नगरिए अनशन बस्ने चेतावनी दिएका छन्।
कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा विशेष समयमा कार्कीले भने, “वर्तमान सरकारले मन्त्री, सांसद र त्यसपछि कार्यकर्ता केन्द्रित हुनेगरी बजेट ल्याएको छ। तर, देशकै भविष्य मानिएका बालबालिकाको बजेट कटौती गरेको छ। यदि यो कार्यक्रमले निरन्तरता नपाए मुख्यमन्त्री कार्यालय अगाडि कात्रो लिएर अनशन सुरु गर्छु।”
कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीले जनताको करबाट बन्ने बजेट जनताको लागि केन्द्रित नगरेको भन्दै जनतासँग प्रत्यक्ष जोडिएका कार्यक्रम कटौती भएको बताए। बालबालिकाको निःशुल्क उपचार केदार मुख्यमन्त्री हुँदा शुरु भएको थियो।
उनले भने, “म जनताको साथ लिएर अनशन बस्छु, कात्रो किन्ने रकम मुख्यमन्त्रीज्यूसँग छैन भने चन्दा उठाएर खरिद गरिदिन्छौँ ।”
विपन्नको लागि छात्रवृत्ति कार्यक्रम, महिला स्वमसेवीका प्रोत्साहन कार्यक्रम, केसलिया करिडोर कटौती गरिएकोप्रति कार्कीले रोष प्रकट गरे।
कार्कीले अहिलेको सरकारले वितरणमुखी र कार्यकर्तामुखी बजेट ल्याएर जनतामाथि अन्याय गरेको आरोप लगाउँदै सुकुम्बासीले जग्गा खरिद गर्दा सरकारले दिने घोषणा गरेको ब्याज अनुदान कार्यक्रम कटौती भएको बताए।
उनले भने, “सुकुम्बासीलाई गरिब नै छाड्ने कि त्यो जीवनबाट माथि उठाउने?” उनले जनमुखी कार्यक्रम कटाएर सरकार जनताप्रति जिम्मेवार बन्न नसक्ने बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...