ललितपुरको च्यासलबाट बागमतीमा हामफालेकी युवती अझै फेला परिनन् – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ललितपुरको च्यासलबाट बागमतीमा हामफालेकी युवती अझै फेला परिनन्

ललितपुर। ललितपुर महानगरपालिकास्थित च्यासल नजिकैको दोभान पुलबाट बागमती नदीमा हामफालेकी युवती अझै फेला परेकी छैनन्।

कर्णाली प्रदेशको रुकुम (पश्चिम) जिल्लाको मुसीकोट घर भएकी २० वर्षीय अञ्जली शर्मा आइतबार नदीमा हामफालेकी थिइन्।

पुलभन्दा ठीक मुनी एउटा ‘सुसाइड नोट’ र झोला फेला परेको छ। सामान युवतीकै हो–होइन खुलेको छैन। नदीमा एक युवती हामफालेको थाहा पाउनासाथ ललितपुर प्रहरी परिसरले खोजी गरेको थियो।

युवतीको खोजीका लागि सशस्त्र प्रहरीको नं. २१ गणबाट इन्सपेक्टरको कमाण्डमा १३ जना र नं. २ विपद् उद्धार गणबाट असईको कमाण्डमा ४ जना गोताखोरसहित ९ जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ भाद्र १७, १४: १३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ भाद्र १७, १४: १३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ भाद्र १७, १४: १३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...