
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको वायु सेवा कम्पनी शिवानी एयरको २०६९ असोज ८ गतेसम्मको ५५ लाख ५० हजार रुपैयाँ बक्यौता नतिरेमा जहाजका पाटपूर्जा लिलामी गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले ४ पटक सूचना जारी गर्दासमेत बक्यौता नतिरेपछि शिवानी एयरका जहाजको पाटपूर्जा बेचेर बक्यौता असुल गर्ने तयारी गरेको जनाएको छ।
उक्त रकम उठाउन प्राधिकरणले विभिन्न समयमा सार्वजनिक सूचना जारी गर्दा पनि शिवानी एयरले बक्यौता तिर्न अटेर गरेकोले अन्तिम पटक सोमबार सूचना जारी गरेर २१ दिनको समय दिएको हो।
यो अवधिभित्र पनि बक्यौता नतिरे शिवानी एयरको भैरहवामा रहेको जहाजको पाटपूर्जा बिक्री गरेर बाँकी असुल गर्ने प्राधिकरणले जनाएको छ।
उक्त पाटपूर्जा बिक्री गर्दासमेत शिवारी एयरको बक्यौता असुल नभए सञ्चालक मणिन्द्रलाल रन्जितकारबाट असुल गरिने भएको छ।
आर्थिक संकटका कारण बन्द भएको शिवानी विमान चालकहरुलाई प्रशिक्षण दिने एयरलाइन्स हो। शिवानी एयरले वायुयान चालक प्रशिक्षण संस्था संचालन गर्दा भरतपुर विमानस्थलमा जग्गा भाडामा लिई ह्यांगर बनाएको थियो। त्यहाँ शिवानीले तीनवटा लाइट जहाज पनि राखेको छ।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...