
काठमाडौं। कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ।
आइतबार न्याय परिषद् घेरेको बारले आज सर्वोच्च अदालत परिसरमा धर्ना दिएको थियो। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार अब निरन्तर आन्दोलनमा उत्रेको बताए।
बारले सर्वोच्च अदालत बार एसोसिएसनसहित उपत्यका बार एकाइका कानुन व्यवसायीहरूलाई २ बजेदेखि ३ बजेसम्म धर्नाका लागि सर्वोच्च परिसरमा उपस्थित हुन अनुरोध गरेको छ।
‘विवादास्पद संशोधित न्याय परिषद् नियमावलीविरुद्ध धर्ना कार्यक्रम सर्वोच्च अदालत परिसरमा दिनको दुईदेखि तीन बजेसम्म नियमित रूपमा सञ्चालन हुने हुँदा यसै सूचनामार्फत उपस्थितिको लागि हार्दिक आह्वान गर्दछौँ ’ बारले आफ्ना सदस्यहरूलाई अनुरोध गर्दै जारी सूचनामा भनिएको छ।
बारले यसअघि प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्याय परिषदमा ज्ञापनपत्र बुझाउँदै आएको थियो।
आफूहरूले संविधान नै संशोधन गरेको नियमावली सच्चाउन भनी यसअघि गरेको अनुरोध अस्वीकार गरेकाले बाध्य भएर आन्दोलनमा उत्रेको महासचिव अन्जिता खनालले बताइन्।
उनले अब नियमावली संशोधन नभएसम्म बारले आन्दोलनको कार्यक्रम चलाउने बताइन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...