‘पहिलो ब्राम्हण’ प्रधानसेनापति शर्माको जंगी अड्डाबाट आज साँझ औपचारिक बिदाइ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

‘पहिलो ब्राम्हण’ प्रधानसेनापति शर्माको जंगी अड्डाबाट आज साँझ औपचारिक बिदाइ

काठमाडौं। नेपाली सेनाको मुख्यालय जंगीअड्डाले बुधबार साँझ प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक विदाइ गर्ने भएको छ।

ेनपाली सेनामा ‘ब्राम्हण समुदाय’बाट प्रधानसेनापति हुने शर्मा पहिलो सैन्य प्रमुख हुन्। तीन वर्षे पदावधि पूरा गरेर उनी २४ भदौदेखि सेवा निवृत्त हुँदैछन्।

सैनिक परम्परा अनुसार शर्मा एक महिना अघिबाटै विदा बसेका थिए भने अशोकराज सिग्देललाई सरकारले नयाँ प्रधानसेनापति नियुक्त गरिसकेको छ।

नवनियुक्त प्रधानसेनापति सिग्देलको नेतृत्वमा जंगीअड्डाले पाँच दिनपछि निवृत्त हुन लागेका शर्माको बिदाइ गर्न लागेको हो।

जंगीअड्डा स्रोतका अनुसार, उनको बिदाइ समारोह आर्मी अफिसर्स क्लबमा राखिएको हो। समारोहमा उच्च सैनिक अधिकारीहरु, पूर्वउच्च सैनिक अधिकारीसहित नागरिक समाजबाट समेत केहीको उपस्थिति हुने जनाइएको छ।

सोही अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष सुनीता शर्माको पनि विदाइ हुनेछ।

नेपाली सेनामा ४० वर्ष विताएर सेवा निवृत्त हुन लागेका शर्मा प्रधानसेनापति भएपछि पूर्ववर्तीले सुरु गरेको तीन जोड एक कमाण्ड संरचना र सम्पत्ति विवरण सार्वजनिक गर्ने नीति लगायतलाई नेतृत्व सम्हालेलगत्तै खारेज गरिदिएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ भाद्र १९, १७: ०५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ भाद्र १९, १७: ०५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ भाद्र १९, १७: ०५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...