
काठमाडौं। रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समिति (रेडियो नेपाल)को कार्यकारी निर्देशक नियुक्त गरेको हो।
मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो। सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरिएको हो।
लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर स्वैच्छिक अवकाश लिएका थिए। साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट उनले अनिवार्य अवकाश लिएका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...