
काठमाडौं। गैंडाको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जमा एकजना ‘नेचर गाइड’ को मृत्यु भएको छ।
जिल्लाको ठाकुरबाबा नगरपालिका–९ बस्ने ३५ वर्षीय गाइड मनमोहन चौधरीको शुक्रबार मृत्यु भएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका वडा नम्बर ६ स्थित डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट उनको मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
अमेरिकी नागरिक मिक लेन्डन शवन बिहीबार राति ठाकुरबाबा नगरपालिका–९ शिवपुरस्थित बर्दिया होमस्टेमा आएर बसेका थिए।
शुक्रबार बिहान ८ बजे मनमोहन चौधरी र ५८ वर्षीय वनका चौकीदार खिन्चु थारू जंगल वाकका लागि गएका थिए। जंगल वाकमा जाँदा गैँडाले एक्कासी आक्रमण गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
गैँडाको आक्रमणबाट अमेरिकी नागरिक र चौकीदा घाइते छन्। उनीहरूको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...