
काठमाडौं। राजधानी काठमाडौंको नक्सालस्थित टेस्ला गाडीको शोरूममा शुक्रबार आगलागी भएको छ।
शुक्रबार दिउँसो करिब १२ बजे गाडीको शोरूममा आगलागी भएको र दमकलको सहायताले आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।
आगलागी भएको खबरपछि काठमाडौं महानगरपालिका र प्रहरी प्रधान कार्यालयको दमकल प्रयोग गरी निभाइएको हो।
शोरूममा रहेका गाडीहरूमा भने क्षति नपुगेको प्रहरीले जनाएको छ। आगलागी कसरी भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...