मोबाइल व्यवसायीले गरे ‘सामसुङ रिटल मीट’ बहिष्कार – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मोबाइल व्यवसायीले गरे ‘सामसुङ रिटल मीट’ बहिष्कार

धनगढी। सामसुङ मोबाइल कम्पनी सामसुङ नेपालले सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको ‘सामसुङ रिटल मीट’ कार्यक्रम मोबाइल व्यवसायीहरुले बहिष्कार गरेका छन्।

मोबाइल व्यवसायीहरुले व्यवसायीको समस्या राख्दै गर्दा सामसुङ नेपालका प्रतिनिधिहरुले सुन्न नचाहेपछि मोबाइल व्यवसायीहरुले कार्यक्रम नै बहिष्कार गरेका हुन्।

सो क्रममा व्यवसायी र कम्पनीका प्रतिनिधिहरुबीच भनाभन नै भएको हो। नेपाल मोबाइल व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष शुरेस सापकोटाले व्यवसायीहरुले कार्यक्रममा कम्पनीसँग सम्वन्धित समस्या राख्दै गर्दा अवरोध गरेपछि कार्यक्रम नै बहिष्कार गरिएको जानकारी दिए।

‘हामीले सामसुङ नेपालका प्रतिनिधिसँग व्यवसायीका समस्याकाबारे आफ्ना कुरा राख्दै गर्दा उहाँहरुबाट समस्या सुन्नै नचाहेकोले व्यवसायीहरु कार्यक्रममा बस्नुको अर्थ नरहने भएपछि हामी बहिष्कार गरेर हिड्यौं,’ महासंघका सुदुरपश्चिम प्रदेश अध्यक्ष सापकोटाले भने।

बिहीबारका लागि आयोजना गरिएको कार्यक्रममा सो प्रदेशका नौ जिल्लाका एक सय भन्दा बढी मोबाइल व्यवसायीहरु सहभागी थिए भने कार्यक्रम धनगढी हसनपुरस्थित डिभोटी होटलमा आयोजना गरिएको थियो।

पछिल्लो समय मोबाइल व्यवसायीहरुले मोबाइल फोनको कारोबारमा व्यवसायीहरुले प्राप्त गर्ने मार्जिन बढाउनु पर्ने माग गर्दै आइरहेका छन्।

उनीहरुले अन्य कम्पनीहरुले व्यवसायीलाई दिने मार्जिन बढाउँदा पनि सामसुङले नबढाएको भन्दै असन्तुष्टी जनाउँदै आइरहेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ भाद्र २१, १८: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ भाद्र २१, १८: ३९

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ भाद्र २१, १८: ३९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...