एमाले सांसद पन्तले भने ‘सर्वोच्चको फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गर्यो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एमाले सांसद पन्तले भने ‘सर्वोच्चको फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गर्यो

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले उपत्यका नदी किनारामा थप २० मिटर जग्गा छोड्नुपर्ने भनी हालै सर्वोच्च अदालतले गरेको फैसलाले ठूलो अन्योलन र अराजकता उत्पन्न गरेको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर वोल्दै सांसद पन्तले सर्वोच्चको सो फैसलामा सहमत हुन नसकिने बताएका हुन्।

सांसद पन्तले सर्वोच्चको सो निर्णयमाथि सरकार भ्याकेटमा तत्काल जानुपर्ने धारणा राखे। ‘भ्याकेटमा जान नेपाल सरकारले तत्काल पाइला चाल्नुपर्दछ‚’ उनले भने‚ ‘यो फैसला गर्दा बागमती संस्कृतिप्रति सर्वोच्च अदालतको ध्यान गएको पाइँदैन।’

सांसद पन्तले उपत्यकाको मन्दिर र चिहान नदी किनारमा भएको भन्दै बागमती संस्कृति जोगाउने गरी सर्वोच्च अदालतले गर्ने फैसला मात्र स्वीकार गर्न सकिने बताए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ भाद्र २४, १६: ५३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ भाद्र २४, १६: ५३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ भाद्र २४, १६: ५३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...