
काठमाडौं। नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख तथा केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको समग्र शिक्षा, र त्यसमा पनि विश्वविद्यालय शिक्षा सुधारका लागि प्रधानमन्त्री जिम्मेवार हुन आवश्यक रहेको बताएका छन्।
विश्वविद्यालयको कुलपतिको हैसियतमा रहने प्रधानमन्त्री बढी जिम्मेवार हुँदा मात्रै अपेक्षित रूपमा शिक्षा क्षेत्र सुधार हुने उनले बताए।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयोजना गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावी सभालाई सम्बोधन गर्दै नेता महरले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री नै विश्वविद्यालयमा कुलपति हुने व्यवस्था रहेको र कुलपति दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विश्वविद्यालयमा दलीय करण व्याप्त रहेको टिप्पणी गरे।
‘विश्वविद्यालय देशको दक्ष जनशक्ति उत्पादन गर्ने थलो हो। त्यो राजनीतिक प्रभावबाट टाढा रहनुपर्छ। विश्वविद्यालयमा दलीय करण हुनु हुँदैन। गुणस्तरीय शिक्षा अभिवृद्धिका साथै विश्वविद्यालयलाई दलीय करणबाट मुक्त गराउन कुलपति भूमिकामा रहने प्रधानमन्त्री जिम्मेवार बन्नुपर्छ,’ उनले भने।
उच्च शिक्षाभित्रको गुणस्तरमा ह्रास हुनुमा पनि दलगत स्वार्थ र प्रभाव नै प्रमुख कारक बनेको महरले बताए। उनले प्रधानमन्त्रीदेखि प्राध्यापक हुँदै विद्यार्थीसम्मको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा अभिवृद्धि नै हुनुपर्ने बताए।
‘कुनै बेला राणा र सामन्तहरूको पहुँचमा मात्रै शिक्षा थियो। पाँच÷सात प्रतिशत प्रभुत्व व्यक्ति मात्र शिक्षाको पहुँचमा थिए। नेपालको समग्र शिक्षा उन्नयनका लागि २००७ पछि कांग्रेसले खेलेको भूमिका ठूलो छ। बिपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री भएपछि त्रिभुवन विश्वविद्यालयको स्थापना गरेर उच्च शिक्षाको ढोका खोल्नु भएको हो,’ महरले भने।
उनले नेविसंको स्थापनापछि नेविसंघले पनि समग्र नेपालको शिक्षामा जनताको पहुँच अभिवृद्धि, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि पटक पटक संघर्ष गरेको छ। त्यही संघर्षको प्रतिफल स्वरूप शिक्षा आजको अवस्थामा आइपुगेको बताए।
उनले कांग्रेसको त्यही संघर्षका कारण विश्वविद्यालय र प्रतिष्ठान गरेर १७ वटा उच्च शिक्षा अध्ययन गर्ने संस्था स्थापन हुन सफल भएको बताए।
नेपालमा यसरी शैक्षिक संस्था स्थापना भइसकेपछि अबको आवश्यकता भनेको ती संस्थामार्फत प्रवाह हुने शिक्षामा गुणस्तरीयता अभिवृद्धि नै आवश्यक रहेको महरको धारणा छ।
मध्यपश्चिम विश्व विद्यालय कर्णालीको विकास र चेतनाको ढोका भएकाले यसको उन्नयनका लागि स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघ नेतृत्व आवश्यक रहेको महरले बताए।
यसका साथै निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि आफूले पटक–पटक देशभर बहस गरिरहेको बताउँदै महरले लोकतान्त्रिक पद्धतिभित्र नै शिक्षा, स्वास्थ्यको विकास हुने धारणा राखे। त्यसैले लोकतान्त्रिक प्रणालीका लागि कांग्रेस सधैँ जनअपेक्षा अनुसार नै अगाडि बढेको उनले बताए।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...