
काठमाडौं। सत्तारुढ दलका सांसदहरुले उपसभामुख सुश्री इन्दिरा राना मगरविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी गरेका छन्।
महाभियोग प्रस्ताव दर्ता गराएलगत्तै उपसभामुख पदबाट रानामगर मुक्त भएसँगै संवैधानिक परिषद्मा सत्ता पक्षको स्वार्थ बमोजिमका प्रस्ताव पारित गर्न सहज हुने बताइन्छ।
विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसदमा निर्वाचित भएपछि प्रतिनिधि सभाले राना मगरलाई उपसभामुखमा निर्वाचित गरेको थियो।
राना मगर उपसभामुखको हैसियतले संवैधानिक परिषद्को स्वत सदस्य छिन्। उनलाई पदमुक्त गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै महाअभियोग प्रस्ताव दर्ताका लागि सत्तारुढ दल एमाले र कांग्रेसका प्रमुख सचेतकहरुलाई निर्देशन दिइसकेका छन्।
सत्तारुढ दलहरुको सोमबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकमा रिक्त संवैधानिक निकायका पदाधिकारी र सदस्यहरु नियुक्ति सिफारिस संवैधानिक परिषद्बाट गर्नु पर्ने र त्यसका लागि परिषद्मा सहज बहुमत पुर्याउन उपसभामुख बाधक बन्ने देखेपछि उनलाई हटाउने सहमति भएको थियो।
संविधानको धारा ९१ को उपधारा ६ को (ग) मा उपसभाखुले पद अनुकूल आचरण नगरेको भन्ने दाबी गर्दै महाभियोग प्रस्ताव दर्ता गर्न लागिएको छ।
संविधानको धारा ९१ बमोजिम प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा उपसभामुख पद रिक्त हुने व्यवस्था छ।
प्रतिनिधि सभाका एक चौंथाइ सांसदले महाअभियोग प्रस्ताव दर्ता गर्न सक्छन्। सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरविरूद्ध महाभियोग लगाउने तयारी गरेसँगै एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न निर्देश गरिसकेका छन् ।
आगामी असोज २० गतेदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ सेवा निबृत्त हुँदैछन् । संविधान अनुसार एक महिनाअघि नै रिक्त प्रधानन्यायाधीश पदको लागि संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गरिसक्नु पर्ने थियो।
परिषद् अध्यक्ष ओलीले उपसभामुख रानामगरले सत्तारुढ दलहरुको स्वार्थ बमोजिम आएका कतिपय प्रस्तावमा सहमति नजाउने हुन कि भन्ने त्रासले उनीविरुद्ध महाभियोग प्रस्ताव ल्याउन लागेको अड्कल गरिएको छ।
परिषद्मा प्रधानमन्त्री अध्यक्ष र प्रधान्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख र विपक्षी दलको नेता सदस्य रहने संवैधानिक प्रावधान छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...