
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा सदस्य धनराज गुरुङले पूर्वश्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने भन्दै छानबिन गर्ने भए पनि आफू तयार रहेको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडि बढाउन पनि माग गरेका छन्।
मितेरी सहकारीको रकम हिनामिनाको विषयमा पूर्वश्रीमती ज्योती गुरुङसँग आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको उनले बताए।
उपसभापति गुरुङले व्यापार व्यवसायमा श्रीमान्–श्रीमतीमा एउटा जोडिँदा अर्कोलाई जोडेर हेरिने सामान्य भएको स्वीकारे।
‘पूर्वश्रीमतीलाई जोड्न व्यवहारिक कानुनी र नैतिक दृष्टिले मिल्दैन भन्ने हेक्का राखिनुपर्छ। विवाह गर्नु अपराध होइन। मिल्न नसक्दा डिभोर्स गर्नु पनि अपराध होइन,’ उनले भने।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...