
काठमाडौं। नेकपा माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढङ्गले एमालेका सांसदहरू संसदमा ‘माओबादी हिंसा’ भनी बोलेको अभिव्यक्तिलाई संसदको रेकर्डबाट नहटाएसम्म सदनको कारबाही अघि बढ्न दिने निर्णय गरेको छ।
नेकपा माओबादी केन्द्र संसदीय दलको शुक्रबार दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने समेत निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए।
‘माओवादी जनयुद्धलाई एमालेले अपमानित गरेको छ। त्यो शान्ति सम्झौता र संविधानविपरित छ। हिंसासँग मात्र होइन समग्र माओवादी आन्दोलन, जनमुक्ति सेनालाई बदनाम गर्ने ढङ्गले आएको छ । आगामी दिनमा त्यसको सशक्त प्रतिवाद गर्ने गरी समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ’, पाण्डेले भने।
सभामुख देवराज घिमिरेले भदौ २६ गते गरेको रुलिङ चित्तबुझ्दो नभएको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ। एमालेका सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदले त्यसको प्रतिवाद गरेका थिए।
संसद्को रेकर्डबाट ‘हिंसा’ शब्द हटाउन सभामुख घिमिरेको ध्यानाकर्षण गराइए पनि घिमिरेले हिंसा शब्द असंसदीय नभएको बैठकलाई जानकारी गराएका थिए।
सभामुख घिमिरेको रुलिङप्रति असहमति जनाउँदै माओवादीले बैठक अवरोध गरेको थियो।
दलको बैठकले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिए प्रतिवाद गर्ने समेत निर्णय गरेको छ।
‘उपसभामुखको बिषयमा हामीले कुरा आउनेबित्तिकै सशक्त ढंगले प्रतिवाद गरेकै छौं’, प्रमुख सचेतक पाण्डेले भने, ‘उपसभामुखबाट केही कमजोरी भएकै लाग्छ । सम्मानित पदमा बसेको मान्छेले लेटरहेड प्रयोग गर्दा विचार गर्नेपर्छ। तर, अहिलेको कुरा होइन। अहिले जसरी आयो त्यो बेठिक छ।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...