
काठमाडौं। नेपाली कांग्रेसले पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको सदस्यमा १० जनालाई मनोनित गरेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य अजयवावु शिवाकोटी प्रमुख रहेको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको सदस्यमा आज मनोनित गरेका हुन्।
मनोनित सदस्यहरूः
१. पूर्णलाल श्रेष्ठ, काठमाडौं
२. पुष्पराज जोशी, कैलाली
३. डा. राजेन्द्र श्रेष्ठ, दोलखा
४. नृप साउँद, अछाम
५. ई. प्रकाश राय, महोत्तरी
६. महेन्द्र लामा, सिन्धुपाल्चोक
७. विपिन किरण, सुनसरी
८. ई. आयुष गौतम, अर्घाखाँची
९. चन्दा क्षेत्री, स्याङ्जा
१०. प्रविण ददेल, रूकुम (पश्चिम)
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...