
काठमाडौं। नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ‘एनसेल फाउन्डेसन’को घोषणा गरेको छ।
एनसेल स्थापनाको १९ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित विशेष कार्यक्रममा एनसेलले फाउन्डेसनको घोषणा गरहेको हो।
फाउन्डेसनले सबैभन्दा धेरै आवश्यकतामा रहेका व्यक्ति, ‘डिजिटल डिभाइड’ र स्वस्थ तथा नेपालको दिगो विकासमा योगदान गर्ने एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले बताए।
१९ वर्षदेखि एनसेलले सामाजिक उत्तरदायित्वका क्षेत्रमा दुई अर्ब रुपैयाँभन्दा बढी योगदान गरेको उनले जनाए।
एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा २ अर्ब बढीको योगदान गरिसकेको एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले बताइन्।
एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ अर्ब बढी योगदान गरिसकेको छ, जसबाट १ करोड ३० लाख बढी नागरिक लाभान्वित भएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...