
काठमाडौं। ओखलढुंगाको मोलुङ गाउँपालिकाका–४, जरायोटारका एक शिक्षक ११ दिनदेखि सम्पर्कविहीन छन्।
सुनकोसी गाउँपालिका–७, च्यानामस्थित प्रबुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद खतिवडा काठमाडौंको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका हुन्।
प्रबुद्ध माविले जारी गरेको सूचनामा उनी भदौ १६ गते विद्यालयको कामका सिलसिलामा लहान गएका र त्यतैबाट काठमाडौं आएका उल्लेख छ।
उनी भदौ २१ गते ओखलढुंगा फर्कन भनेर निस्किएपछि सम्पर्कविहीन भएका विद्यालयले जनाएको छ।
असोज १ गते बिहानसम्म उनी कसैको सम्पर्कमा नआएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए।
अधिकारीका अनुसार, खतिवडा भदौ २१ गते छोराछोरी बस्ने बूढानीलकण्ठस्थित डेराबाट घर जान भन्दै निस्किएका थिए।
त्यसपछि उनी छोराछोरी र ओखलढुंगामा भएका परिवारको समेत सम्पर्कमा छैनन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...