
काठमाडौं। सरकारले चालू आर्थिक वर्ष ९२०८१–०८२० को २ महिनामा १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
सरकारले लिएको लक्ष्यको यो करिब १२ प्रतिशत हो। सरकारले चालू आर्थिक वर्ष १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
गत वर्ष यसै अवधिमा सरकारले १ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। गत वर्षको २ महिना भन्दा यो वर्षको २ महिनामा २५ अर्ब रुपैयाँले राजस्व बढेको हो।
यो दुई महिनामा कर राजस्व १ खर्ब ४५ अर्ब रुपैयाँ उठाएको छ भने गैरकर राजस्व २१ अर्ब १९ करोड रुपैयाँ उठाएको छ। यो दुई महिनामा सरकारले कुनै पनि वैदेशिक अनुदान पाएको छैन। अन्य प्राप्ति अन्तर्गत भने ३ अर्ब १३ करोड रुपैयाँ उठाएको छ।
दुई महिनामा सरकारले ७.३९ प्रतिशत बजेट खर्च गरेको छ। यो भनेको १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ हो। सरकारले चालु वर्ष १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको छ।
बाह्य अर्थतन्त्रको उच्च सुधार भएको नेपालले आन्तरिक अर्थतन्त्रमा भने खासै सुधार गर्न सकेको छैन। विशेष गरी सरकारको आफ्नै आम्दानी राजस्वको सुधार हुन सकेको थिएन। तर यो दुई महिनाको तथ्याङ्कले भने गत वर्षभन्दा यो वर्ष राजस्वमा सुधार आउने संकेत गरेको छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...