
बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्।
आज प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीले दोस्रो पटक विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री कार्कीले मागेको विश्वासको मतको पक्षमा ६६ र विपक्षमा १५ मत पर्यो।
८३ सांसद उपस्थित प्रदेशसभा बैठकमा नेकपा एकीकृत समाजवादी भने तटस्थ बसेको छ। विपक्षमा नेकपा माओवादी केन्द्र र राप्रपाले मतदान गरेको थिए।
प्रदेशसभा बैठकमा उपस्थित दुई सांसद मतदानमा भने सहभागी भएनन्। संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीको पक्षमा दुई तिहाइ बहुमत देखिएको छ।
गत २७ वैशाखमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलोपटक गत वैशाख ३१ गते विश्वासको मत पाएका थिए।
साउन ११ गते सरकारलाई समर्थन गरेको माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि भदौ १४ गते समर्थन फिर्ता लिएपछि राजनीतिक समीकरण परिवर्तन भएको थियो।
हाल कोशीमा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी छ। ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५, एकीकृत समाजवादी चार र जनता समाजवादी पार्टीका एक सांसद छन्। सभामुख राप्रपाबाट निर्वाचन प्रदेश सभा सदस्य हुन्।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...