प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अमेरिका जाने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अमेरिका जाने

काठमाडौं। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल असोज ४ गते शुक्रबार युक्त राज्य अमेरिका जाने भएका छन्।

परराष्ट्र मन्त्रालयअनुसार प्रधानमन्त्री ओली असोज ७ गते अमेरिकाको न्यूयोर्कमा शुरु हुने राष्ट्रसंघको महासभाको उद्घाटन समारोहमा सहभागी हुनेछन्।

उनी अमेरिकी राष्ट्रपति जो बाइडेनले असोज ९ गते रात्रीभोजमा पनि सहभागी हुने मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

असोज १० गते प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन्।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको समिट अफ द फ्युचर कार्यक्रममा पनि सम्बोधन गर्नेछन्। उनले कोलम्बिया युनिभर्सिटी हाभर्ड विश्वविद्यालयमा पनि ११ मन्तव्य दिनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नेछन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनीसँगै पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत रहनेछन्।

प्रधानमन्त्री ओली अमेरिका भ्रमणबाट असोज १४ गते स्वदेश फर्किनेछन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ आश्विन ३, १३: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ आश्विन ३, १३: १०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ आश्विन ३, १३: १०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...