इजरायलले हवाई हमाला गर्दा लेबनानमा ४९२ को मृत्यु, १६४५ जना घाईते – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

इजरायलले हवाई हमाला गर्दा लेबनानमा ४९२ को मृत्यु, १६४५ जना घाईते

बेरुत (लेवनान)। इजरायली सेनाको हवाई हमलाका कारण लेवनानको बेरुत शहर र दक्षिणी लेवनानमा कम्तीमा चार सय ९२ जनाको मृत्यु भएको र एक हजार छ सय ६४५ जनाभन्दा बढी घाइते भएका छन्।

लेबनानको जनस्वास्थ्य मन्त्रालयले देशको दक्षिणी भागमा रहेका सबै अस्पतालहरूलाई अत्यावश्यक शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको जनाएको छ।

घाइतेहरुलाई आकस्मिक विभागमा पु¥याउन चिकित्सकहरुलाई तयार रहन भनिएको छ। शिक्षा मन्त्रालयका अनुसार लेबनानको दक्षिणी र बेरुतको दक्षिणी उपनगरका विद्यालयहरूलाई पनि बन्द गरिएको मिडिया रिपोर्टमा उल्लेख छ।

इजरायली रक्षा बलहरूले लेबनानमा १६ सय बढी लक्ष्यहरूलाई लक्षित गरेको बताएको छ। आइडीएफ प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले इजरायली वायुसेनाले १६ सय भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएको बताएका हुन्।

इजरायली सेनाले अब हिजबुल्लाहविरुद्धको आक्रमणको दायरा व्यवस्थित रूपमा बढाउँदै लैजाने बताएको छ। इजरायलले घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई आग्रह गरेको छ।

इजरायलले हिजबुल्लाहले हतियारहरू इजरायलविरुद्ध प्रयोग गर्न चाहेको र त्यसको सुरक्षाका लागि लेबनानी जनतालाई मानव ढाल बनाएको आरोप लगाएको छ।

 

सम्बन्धित समाचार

आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
  • २०८१ आश्विन ८, १५: २६

काठमाडौँ ।  आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८१ आश्विन ८, १५: २६

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०८१ आश्विन ८, १५: २६

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।...