
काठमाडौं। संयुक्त राज्य अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीले ठूलो धन जनको क्षति पुर्याएको छ।
यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ। अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको खोजी गरिरहेका छन्।
हेलेनको कारण नर्थ क्यारोलिनामा एक सय बढीको मृत्यु भएको छ। सन् २००५ मा क्याट्रिना तूफान पछि हेलेन यहाँ सबैभन्दा घातक आँधी साबित भएको छ।
सन् २००५ मा यहाँ आएको आँधीबाट एक हजार आठ सय भन्दा बढीको मृत्यु भएको थियो।
हेलेन आँधीले ल्यान्डफल गरेको झण्डै एक सातापछि पनि सयौं मानिस अझै पनि यस क्षेत्रमा बेपत्ता छन् र करिब ८ लाख घरहरू अझै पनि बिजुलीविहीन छन्।
अमेरिकी राष्ट्रपति जो वाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका थिए।
काठमाडौँ । आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।...