
काठमाडौं। देशको चौथो ठूला अर्थात राष्ट्रिय मान्यता प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका दोहोरो देखिएको छ।
सहकारीको बचत रकम अपचलन प्रकरणमा प्रक्राउ पर्दा पार्टी अध्यक्ष समेत रहेका रास्वपा अध्यक्ष रबी लामिछानेले प्रहरीले गरेको अनुसन्धानलाई आफू र आफ्नो पार्टीले सहयोग गर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन्। तर व्यवहार भने उल्टो देखिएको छ।
पार्टी अध्यक्ष समेत रहेका लामिछानेले प्रहरीको अनुसन्धानलाई आफूले सहयोग गर्ने र अदालतले न्याय दिन्छ भन्नेमा आफू विश्वस्त रहेको भने पनि उनको दलले भने दल बलसहित शक्ति प्रदर्शन गर्ने हेतुले प्रत्येक जिल्लाबाट कम्ती एक सय कार्यकर्ता पोखरा आउन निर्देशन नै दिएको छ।
सो पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गर्नुको ध्येय वा उद्देश्य प्रहरीको अनुसन्धानलाई सघाउनुभन्दा हुल हुज्जत गरेर राजनीतिक शक्तिको आडमा अदालतलाई तर्साउन खोजेको भान हुन्छ।
सभापति लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतारेको हो। केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतमा सन्देश प्रवाह गरेका छन्।
शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो कम्तीमा सय जनाको दरले पोखरा पुग्न भनिएको हो।
मध्यरातमा प्रसारित सन्देशमा भनिएको छ, ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११.३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ।’
कार्यकर्तालाई पठाइएको सन्देशमा जतिसक्दो छिटो पोखरा ‘मुभ’ हुन आग्रह गरिएको छ।
सहकारी ठगी प्रकरण रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरी शनिबार विहान पोखरा पुर्याएको थियो।
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...