
नयाँ बिकल्प,
काठमाडौं । काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई नगरका २ स्थानबाट कोरोना भाइरसबिरुद्धको खोप सेवा संचालन गर्ने भएको छ।
नगरपालिकाका प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले एक सूचना जारी गर्दै नगरमा बसोबास गर्ने ति उमेर समूहका नागरिकलार्ई जेठ २५ गते मंगलबार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म आफ्नो उमेर खुल्ने परिचय पत्र लिएर खोप केन्द्रमा आउन आव्हान गरेका छन्।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले उपलब्ध गराएको कोरोना भाइरसबिरुद्धको भेरोशिल खोपको पहिलो डोज लगाउन आउनेहरुलाई उमेर खुल्ने परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र वा सम्वन्धित वडा कार्यालयको सिफारिस साथ आफूलाई पायक पर्ने दुई वटा खोप केन्द्रबाट खोप लगाउने कार्यक्रम तय भएको छ।
नगरपालिकाले नगरपालिकाको वडा नं ४ स्थित गोकर्णको सहयोगी माध्यमिक विद्यालय र नगरपालिकाको वडा नं ६ नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालयमध्ये कुनै एक खोप केन्द्रमा खोपको पहिलो डोज लगाउन नगरपालिकाले व्यवस्थापन गरेको छ।
सरकारले जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म काठमाडौं जिल्लाका सबै नगरपालिका भित्र चिनियाँ सरकारले उपलब्ध गराएको भेरोशिल खोपको पहिलो डोज लगाउने कार्यक्रम सार्वजनिक गरेको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...