नयाँ विकल्प,
काठमाडौं – नेपाल नर्सिङ संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको बेथिति अन्त्य माग गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलित कर्मचारीको माग सम्बोधन गर्न सरकारलाई संघले आग्रह गरेको हो ।
प्रतिष्ठानको गरिमालाई कायम राख्न र बेथितिहरुको अन्त्य गर्न आन्दोलनरत पक्षको मागहरु यथाशिघ्र सम्बोधन गर्न संघले अनुरोध गरेको छ ।
विगत २४ दिनदेखि प्रतिष्ठानमा कार्यरत नर्स, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरिरहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सरोकारवाला निकायहरुलाई सम्वोधन गर्न संघले अपिल गरेको छ ।
प्रतिष्ठानमा विभिन्न माग राख्दै २४ दिनदेखि आन्दोलन हुँदै आएको छ ।

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...