
नयाँ विकल्प,
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट योगदान गर्ने १२ जना महिला चिकित्सकहरुलाई सम्मानित गरेकी छन् ।
नेपाल चिकित्सक संघको ‘वुमन इन मेडिसिन इन नेपाल’ नामक कार्यक्रममा राष्ट्रपति भण्डारीले १२ महिला चिकित्सकहरुलाई सम्मान गरेकी हुन् ।
राष्ट्रिय एवं अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका नेपाली महिला चिकित्सकहरुको सम्मानको परम्परा स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।
संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह के.सी.को संयोजकत्वमा गठित ३ सदस्यीय छनौट समितिले सम्मानित चिकित्सकहरुको छनौट गरेको थियो ।
सम्मानित हुने चिकित्सकहरूमा प्रो.डा.दिब्याश्री मल्ल, प्रो.डा रिता थापा, प्रो.डा सरस्वती पाध्य, प्रो.डा सुधा शर्मा, डा.कुशुम थापा, प्रो.डा किरन रेग्मी, डा. आशा सिंह, प्रो.डा संगिता भण्डारी, प्रो.डा सानुमैया दली, प्रो.डा अचला वैद्य, प्रो.डा सुधा अग्रवाल, प्रो.डा तारा मानन्धर र डा.राधा शाह रहेका छन् ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...