क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवेदन दिने कार्य तत्कालका लागि स्थगित – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवेदन दिने कार्य तत्कालका लागि स्थगित

नयाँ विकल्प,


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवेदन दिने कार्य तत्कालका लागि स्थगित गरेको छ ।

कीर्तिपुरमा आवेदन दिएका व्यक्तिको क्युआर कोडसहितको प्रमाणपत्र जारी नभएसम्मका लागि भौतिक रूपमा उपस्थित भएर थप आवेदन दिने कार्य स्थगित गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर अनलाइनमार्फत भने आवेदन दिन सकिने छ ।

आफ्नो प्रमाणपत्र तयार भए नभएको आफैँले अनलाइनमार्फत हेर्न सकिने भन्दै प्रमाणपत्रका लागि भनसुन गर्न नपर्ने पनि मन्त्रालयले जनाएको छ ।

क्युआर कोडसहितको खोप लगाएको प्रमाणपत्र अनिवार्य भएका देशमा जान लागेका व्यक्तिलाई प्रमाणपत्र प्राप्त भएपछि मात्र जहाजको टिकट काट्न पनि विभागले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २७, २०: १३

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ श्रावण २७, २०: १३

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ श्रावण २७, २०: १३

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...