भदौ ९ गतेदेखि उपत्यकामा भेरोसेलको दोस्रो मात्रा लगाइने – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

भदौ ९ गतेदेखि उपत्यकामा भेरोसेलको दोस्रो मात्रा लगाइने


नयाँ विकल्प,

काठमाडौं – काठमाडौंमा उपत्यकामा भदौ ९ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ ।

कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकले भदौ ९ गते मंगलबारदेखि खोपको दोस्रो मात्रा पाउने भएका हुन् ।

खोप कार्यक्रम अन्तरगर्त साउन १४ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाई तीन हप्ता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो मात्रा दिइने छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंमा १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा दिइने छ ।

भेरोसेलको दोस्रो डोज मात्रा लगाउन पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य देखाउनु पर्ने छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र ३, २०: २३

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ भाद्र ३, २०: २३

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ भाद्र ३, २०: २३

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...