पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४८ जना सङ्क्रमित – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४८ जना सङ्क्रमित

विकल्प,

काठमाडौं- पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४८ जना सङ्क्रमित निको भएका छन् ।

यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९८ हजार एक सय ७३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नौ हजार चार सय ४३ जनाको पीसीआर र तीन हजार ७३ जनाको एन्टिजेन गरी १२ हजार पाँच सय १६ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि हो ।


२४ घण्टामा नमुना परीक्षण गरिएका मध्ये १५ दशमलव ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

हाल नेपालमा ३८ हजार सात सय ५१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र ६, २०: ०१

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ भाद्र ६, २०: ०१

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ भाद्र ६, २०: ०१

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...