अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो थोपा अनिवार्य खानुपर्ने – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो थोपा अनिवार्य खानुपर्ने

नयाँ विकल्प,

काठमाडौं – सरकारले अफगानिस्तातबाट स्वदेश फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन सुरु गरेको छ ।

सरकारले अफगानिस्तानबाट फर्किने सबै उमेर समूहका लागि पोलियो थोपा खुवाउन सुरु गरेको हो ।

पोलियोको उच्च जोखिम भएको देशमध्ये अफगानिस्तान पनि पर्ने भएकाले त्यहाँबाट फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार सोमबार अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका १५० जना नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पोलियो थोपा खुवाइएको छ

विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइएचआर इन्टरनेशनल हेल्थ रेगुलेसनको सिफारिसपछि अफगानिस्तातबाट फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन लागिएको उनको भनाइ छ ।

यसभन्दा अघि स्वदेश फिर्ता भएका नेपालीलाई पायक पर्ने खोप केन्द्रमा पुगेर पोलियो थोपा खुवाउने व्यवस्था मिलाएको डा. गौतमले जानकारी दिए ।

अफगानिस्तानबाट हालसम्म ५ सय ४ जना नागरिक स्वदेश फर्किसकेका छन् ।

यस्तै अफगानिस्तानबाट स्वदेश फिर्ता भएकालाई कोरोनाविरुद्धको खोप पनि अनिवार्य गरिएको छ ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ भाद्र ७, २०: १७

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ भाद्र ७, २०: १७

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ भाद्र ७, २०: १७

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...