
नयाँ विकल्प,
काठमाडौं- सरकारले कोभिड(१९ र हैजा विरुद्धको एक(एक वटा खोपलाई क्लिनिकल ट्रायलको लागि अनुमति दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हैजा विरुद्धको ओरल कोलेरा भ्याक्सिन र कोरोना भाइरसविरुद्धको सार्कोभ टु–एमआरएनए खोपलाई तेस्रो चरणको क्लिनिकल ट्रायलको अनुमति दिइएको सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
स्वास्थ्य अनुसन्धान परिषदले (एनएचआरसी) क्लिनिकल ट्रायलको लागि ३ वटा खोप सिफारिस गरेको थियो ।
जसमध्ये इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युटको सहकार्यमा गर्न लागिएको कोलेरा भ्याक्सिन र चीनमा उत्पादन भएको कोरोनाको भ्याक्सिनले अनुमति पाएको हो ।
हैजाविरुद्ध खोपको ट्रायल कान्ति बाल अस्पताल र काठमाडौं विश्वविद्यालयमा हुनेछ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...