
काठमाडौं -विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्षेत्रीय कार्यकारी समितिको वार्षिक ७४ औं बैठक भोलिदेखि नेपालमा सुरु हुने भएको छ ।
बैठकमा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य संगठनका कार्यक्रम, नीति, बजेटको समिक्षा तथा कोभिड १९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका विषयमा गहन छलफल हुने स्वास्थ्य मन्त्रालय जनाएको छ ।
भदौ २५ सम्म चल्ने बैठकमा डब्लूएचओका महानिर्देशक डा .टेड्रोस एड्हानोम गेहब्रेयसस, क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंह, ११ सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरु, संयुक्त राष्ट्रसंघका निकायलगायत संस्थाको सहभागिता रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बै दक्षिण–पूर्वी एशिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्याण्ड, भुटान, दक्षिण कोरिया र टिमोर लेट्सेलगायत देशको बैठकमा सहभागिता रहेछ ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...