स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न दक्षिण पूर्वी एसियाली ११ राष्ट्रका स्वास्थ्यमन्त्रीले जनाए १२ बुँदे प्रतिबद्धता – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न दक्षिण पूर्वी एसियाली ११ राष्ट्रका स्वास्थ्यमन्त्रीले जनाए १२ बुँदे प्रतिबद्धता


नयाँ विकल्प

काठमाडौं – दक्षिण पूर्वी एसियाको क्षेत्रीय संगठनको बैठकमा ११ देशका स्वास्थ्य मन्त्रीले संयुक्त रुपमा १२ बुँदे घोषणापत्र जारी गरेका छन् ।

सोमबार सुरु भएको बैठकको दोस्रो दिन स्वास्थ्य मन्त्रीहरुले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

एसियाली देशहरुले स्वास्थ्य प्रणालीलाई पुनः अभिमुखीकरण र सबलीकरण गर्ने प्रतिबद्धता घोषणा पत्रमार्फत जनाएका छन् ।

कोरोना महामारीबाट पाठ सिक्दै र बिरलैमात्र आउने यस्तो अवसरको उपयोग गर्दै विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्न र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्य प्रणालीहरुको उत्थानशीलतालाई थप सबलीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

घोषणा पत्रमा महामारीको दौरानमा र महामारी पश्चातको समयमा अत्यावश्यक स्वास्थ्य सेवाहरु र जनस्वास्थ्यका कार्यक्रमहरु सुचारु राख्नका लागि समुदायहरुलाई अझ संलग्न गराउने र समुदायहरुको सशक्तिकरण गर्ने प्रतिवद्धतासमेत जनाइएको छ ।

यस्तै, सदस्य राष्ट्रहरुले प्राथमिक स्वास्थ्य स्याहारको तहमा मानसिक स्वास्थ्य तथा अन्य रोग लगायतका नसर्ने रोगहरुलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहारका सेवाहरुका लागि राष्ट्रिय गुणस्तर मापदण्डहरु स्थापना गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २२, २२: ३५

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र २२, २२: ३५

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ भाद्र २२, २२: ३५

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...