सरकारी अस्पतालको मुहार फेर्न निर्देशकहरुलार्ई स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको निर्देशन – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

सरकारी अस्पतालको मुहार फेर्न निर्देशकहरुलार्ई स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको निर्देशन

नयाँ विकल्प,

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको छोटो समयमै कोरोना खोपको सुनिश्चितता गरेको भन्दै अबको आफ्नो ‘स्टेप’ सार्वजनिक अस्पताल सुधारमा तर्फ ध्यान जाने बताएका छन् ।

निर्देशकहरुलाई स्वास्थ्य राज्यमन्त्रीले भने– ‘सरकारी अस्पतालको रूप फेरौं, पैसाको चिन्ता नगर्नुस्’ ‘राति हेर्दा अस्पताल झलमल्ल होस्, आकस्मिक कक्षमा राम्रा बेड र एसी होस्, शौचालय सफा होस्, आकस्मिक कक्ष नजिकै शल्यकक्ष पनि होस्।’

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ आइतबार मन्त्रालयको सभाहलमा उपत्यकाका ठूला सरकारी अस्पतालका निर्देशकहरूलाई सम्बोधन गर्दै ‘सरकारी अस्पताल भन्ने बित्तिकै अस्तव्यस्त, भीडभाड, भुइँमै मान्छे सुतिरहेको, भद्रगोल, दुर्गन्धित शौचालययुक्त हुन्छन् भन्ने आमधारणा परिवर्तन हुनेगरी काम गरौं।’

त्यसैका लागि श्रेष्ठले संघीय सरकारअन्तर्गतका २२ मध्ये उपत्यकाका ठूला अस्पतालका निर्देशकहरूलाई आइतबार मन्त्रालय बोलाएका थिए।

उनले अधिकांश अस्पताल पूर्वाधार सम्पन्न भएका, स्रोतको पनि खासै अभाव नभएपछि सोच र उचित व्यवस्थापन अभावमा जनताले दुःख पाइरहेको टिप्पणी गरे।

‘पित्तथैलीको पत्थरी फाल्न महिनौं कुर्नपर्ने अवस्था रहेछ, बीमाकै पैसा पनि सरकारीभन्दा निजीबाट बढी जाँदो रहेछ। बरु के चाहिन्छ जोहो गरौं, सरकारी अस्पताल सुधारौं,’ उनले भने।

मन्त्री श्रेष्ठले अस्पताल सरसफाइ, चिटिक्क वातावरण, व्यवस्थित र एसीयुक्त आकस्मिक कक्ष, सफा शौचालयजस्ता साना विषयबाट सुधारको प्रस्तावसमेत राखे।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २७, २१: ४६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र २७, २१: ४६

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ भाद्र २७, २१: ४६

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...