स्क्रब टाइफसबाट यसरी बाच्न सकिन्छ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

स्क्रब टाइफसबाट यसरी बाच्न सकिन्छ

नयाँ विकल्प,


काठमाडौं -कोभिड-१९ र स्क्रब टाइफसको लक्षण मिल्दोजुल्दा हुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोभिडका बिरामीसँगै स्क्रब टाइफसका बिरामी देखिन थालेका छन् ।

स्क्रब टाइफस के हो ?

स्वास्थ्य मन्त्रालयका अनुसार ​क्रश टाइफस ‘ओरिन्सया सुुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ ।

स्क्रब टाइफस रोगको समयमै उपचार नगरेमा स्वास्थ्यमा गम्भीर समस्या निम्तिन सक्ने चिकित्सकहरूको भनाइ छ ।

यस रोगले मस्तिष्क, कलेजो, फोक्सो, आदिमा सङ्क्रमण गर्नुका साथै कहिलेकाहीँ बहुअंग विकार मल्टी अर्गन डिस्फङ्सन को अवस्था सृजना गर्न सक्छ ।

यो रोग मानिसमा कसरी सर्छ ?

मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेमा स्क्रब टाइफस सर्छ

स्क्रब टाइफसका लक्षणहरू के(के हुन् ?

–उच्च ज्वरो आउने,

–श्वास प्रश्वासमा समस्या देखिने,

–धेरै टाउको दुख्ने,

–जोर्नी र मांसपेशी दुख्ने,

–खोकी,बान्ता, पेट दुख्ने, पखाला लाग्ने,

–आँखा रातो हुने,

–किर्नाले टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग बस्ने,

–शरीरमा बिमिरा आउने,

स्क्रब टाइफसबाट बच्ने उपाय ?

–किर्नाको टोकाइबाट बाच्न खेत, बारी, झाडी, वन जङ्गल जाँदा लामो बाहुला भएका कपडा लगाउन पर्छ भने जुत्ता समेत लगाउनुपर्छ ।

–शरीरको खुल्ला ठाउँमा कीटनाशक प्रयोग पनि गर्नुपर्छ ।

–घरको वरिपरि खेतबारीमा धेरै घाँसहरू बढ्न नदिने, आफू बस्ने वरपरको वातावरण सफा राख्ने

–मुसालाई नियन्त्रण लागि अन्न भण्डारण सही तरिकाले अपनाउनुपर्छ ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र २९, २२: १५

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २९, २२: १५

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र २९, २२: १५

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...