
नयाँ विकल्प,
काठमाडौं– सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप ल्याउन आज बिहीवार राति नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।
सरकारले खरिद गरेको खोप भोलि चीनबाट ल्याइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सरकारले ६० लाख डोज खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ ।
अहिले केहीबेर अर्थात राति ११ बजे वाइडबडी विमान चीन जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।
नेपालमा अहिलेसम्म एक करोड ३३ लाख डोज खोप आइसकेको छ ।
सरकारले असोज मसान्तसम्म एक करोड डोज थप खोप ल्याउने तयारी रहेको छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...