
नयाँ विकल्प,
काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ६ प्रतिशतमा झरेको छ ।
पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
१३ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा आठ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८१ हजार नौ सय ३९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६१ हजार एक सय ५४ पुगेको छ ।
अहिले नेपालमा १९ हजार एक सय ४२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ६८ जनाको आईसीयू र एक सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १...
काठमाडौं : यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले...
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त...