
नयाँ विकल्प,
काठमाडौ. – विश्व मुटु दिवसका अवसरमा बुधवार भक्तपुरमा भएको शिविरमा झन्डै चार सय जनाको मुटुसम्बन्धी परीक्षण गरिएको छ ।
शिविर उद्घाटन गर्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटु रोगका कारण देशभर बर्सेनि ३० हजार जनाको ज्यान जाने गरेको जानकारी दिँदै मुटु रोग लाग्न नदिन खानपान तथा जीवनशैली परिवर्तन गर्न आग्रह गरे ।
कोइरालाले रोग लागेर उपचार गर्न जानुभन्दा पहिले नै सचेत हुन सके आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न सकिने बताए ।
लायन्स क्लब अफ काठमाडौं लर्डबुद्धको आयोजना र मनमोहन कार्डियाथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ठ सेन्टर तथा नेपाल कोरिया मैत्री अस्पतालको प्राविधिक सहयोगमा आर्दश उच्च मावि लायकु मध्यपुर थिमी ४ मा जनचेतनामूलक कार्यक्रम तथा मुटु तथा दन्त शिविर गरिएको हो ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...