पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना संक्रमण पुष्टि, थप ४ को मृत्यु – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना संक्रमण पुष्टि, थप ४ को मृत्यु

coronavirus

काठमाडौं । पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ७१ पीसीआर र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३२६ जना र ३९ गरी ३६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यस्तै ६०९ जना काेराेना संक्रमित निको भएका छन् ।

१३ हजार १७२ जना होम आइसोलेसनमा र १ हजार ९५ जना संस्थागत आइसोलेसनमा गरि हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ रहेकाे छ। कोरोनाका बिरामीमध्ये ३१५जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३२ जना क्वारेन्टीनमा रहेका छन् ।

यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचार

आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
  • २०७८ आश्विन २७, १७: ३४

काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
  • २०७८ आश्विन २७, १७: ३४

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...

११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
  • २०७८ आश्विन २७, १७: ३४

काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...