रोगबाट बच्ने अचुक औषधि हातधुने – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

रोगबाट बच्ने अचुक औषधि हातधुने

काठमाडौँ । आज विश्व हातधुने दिवस । स्वस्थ रहन तथा विभिन्न रोगलाग्न नदिनको लागि जनचेतना फैलाउने उद्देश्यकासाथ १५ अक्टोबर २००८देखि संसारभर विश्व हातधुने दिवस मनाउन सुरु गरिएको हो । अरुकोको ज्यान बचानुहोस्–आफ्नो हात धुनुहोस् भन्ने मूल नाराका साथ यस वर्षको विश्व हातधुने दिवस मनाइँदै छ ।

कोरोना भाइसरको रोकथाम तथा सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले पनि हातधुने बानीको विकास गर्न सबैलाई आग्रहसमेत गरेको छ । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट मात्र जोगाउँदैन अनावस्यक अस्पतालको खर्चसमेत बचाउँछ । विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग र संक्रमण फैलने गरेको र त्यसैको कारण लाखौंको मृत्युसमेत हुने गरेको छ ।

कसरी धुने हात ?
सफा पानीले हात भिजाउने ।
हातमा साबुन लगाउने र कम्तीमा २० सेकेन्डसम्म हात मिच्ने ।
हातका सबै औंला, हत्केला र औंलाका चेपचेपमा साबुन पुर्‍याउने ।
हातको गोलीगाँठादेखि नङको टुप्पोसम्म साबुल पनिले मिच्ने ।
सबैतिर मिचिसकेपछि राम्रोसँग हात पखाल्ने ।
पखालेको हातलाई सफा कपडाले मात्र पुछ्ने ।

यो कार्यगर्दा हात धुने
शौचालय गएपछि,
खाना खानुअघि र खाएपछि,
बच्चाको कपडा वा अन्य सामान चलाएमा,
कुनै पनि जनावरलाई छोएपछि चाहे घरपालुवा भएपनि,
खाना पकाउनु अघि
यी सामान्य अवस्था भएपनि पटक–पटक हात धुने बानी बसाल्नु नै राम्रो हुन्छ ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ आश्विन २९, १८: ३०

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ आश्विन २९, १८: ३०

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ आश्विन २९, १८: ३०

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...