
काठमाडौं । कोभिड–१९ विरुद्ध अमेरिकी फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित खोप नेपालका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ। सरकारले पहिलो खेपमा १ लाख डोज फाइजर आउँदो सोमबार ल्याउने जनाएको छ ।
युएस फुड एन्ड ड्रग डमिनिस्ट्रेसनबाट अनुमति पाएपछि बालबालिकाका लागि नोभेम्बरदेखि खोप दिइने फाइजर–बायोएनटेक कम्पनीले जनाएको छ । अमेरिकामा १२ देखि १७ वर्षसम्म उमेर समूहका ११ मिलियन ९१ करोड १० लाख बालबालिकाले फाइजर खोप लगाइसकेको कम्पनीले जनाएको छ ।
१६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन एडमिनिस्ट्रेसनले पूर्ण अनुमति दिइसकेको छ भने कम्तीमा १२ वर्ष पुगेका व्यक्तिहरुलाई खोप लगाउनको लागि भने अनुगमनसहितको अनुमति दिएको छ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...