
काठमाडौं । पछिल्लो समय उपत्यकामा मात्रै २ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १ सय ७७, भक्तपुरमा २५ र ललितपुरमा ३३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६ सय २२ जना निको भएका छन् । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६ सय ६६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मंगलबार कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २ सय ९८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३ सय ७२ पुगेको छ भने ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।
कुन जिल्लामा कति ?
काठमाडौंमा १७७, रुपन्देहीमा ५२, ललितपुरमा ३३, चितवनमा ३१, भक्तपुरमा २५, कास्कीमा २३, मोरङमा १८, नुवाकोटमा १६, बाँकेमा १५, स्याङ्जामा १३, सुनसरीमा १२ तथा बागलुङ र अर्घाखाँचीमा १०, १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...