सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा औषधिको अभाव – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा औषधिको अभाव

डोटी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा औषधिको अभाव भएको छ । बाढी र पहिरोले राजमार्ग अवरुद्ध भएपछि औषधि ढुवानीमा समस्या भएकाले अछाम र बाजुरा लगाएका जिल्लाहरुमा अभाव भएको बताइएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार पहाडी जिल्ला अस्पालहरुमा औषधी ढुवानीका लागि पहल भइरहेको छ । वर्षाले अवरुद्ध सडक सञ्चाल भइनसकेकाले यस्तो समस्या देखिएको हो । सडक सञ्चालनमा नआएसम्म औषधी लगाएत अत्यावश्यक सामाग्रीको ढुवानीमा समस्या हुन्छ । यसका लागि पहल भइरहेको छ ।

ढुवानी नभएकाले जिल्ला अस्पतालको फार्मेसी तथा निजी मेडिकलहरुमा पनि औषधीको अभाव भएको छ । जिल्ला अस्पताल डोटीका चिकित्सक प्रकाश ठकुल्लाका अनुसार अबको एक–दुई दिनमै औषधीको ढुवानी हुन नसकेमा समस्या हुन्छ ।

सुजङ अस्पताल राजपुरका निर्देशक अर्जुन बलायरका अनुसार अस्पतालमा दुई दिनका लागि मात्रै औषधि रहेको छ । यो पचास सैयाको अस्पताल हो । यहाँका जिल्लामा अस्पताल मात्र नभई गाउँपालिकाहरूमा पनि औषधि अभाव रहेको छ । यहाँका सरकारी र निजी अस्पतालको अवस्था पनि यस्तै रहेको छ ।

‘हाम्रो पालिकामा औषधि सकिने क्रममै थियो, अहिले बाहिरबाट औषधि आयात गर्न सक्ने अवस्था पनि रहेन औषधिको अभाव भएको छ ।’ बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले भने ।

पहाडी जिल्लाहरुमा बाढीपहिरापछि पानीमा प्रदूषित भएपछि फैलन सक्ने रोगहरू नियन्त्रण तथा दीर्घरोगीले प्रयोग गर्दै आएका औषधिको मुख्यरुपमा अभाव देखिएको स्वास्थ्यकर्मीहरुले बताए ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक १०, १३: ०२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ कार्तिक १०, १३: ०२

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ कार्तिक १०, १३: ०२

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...