थप ४ सय ६९ जनामा कोरोना संक्रमण, ५ सय ५५ संक्रमणमुक्त – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

थप ४ सय ६९ जनामा कोरोना संक्रमण, ५ सय ५५ संक्रमणमुक्त

coronavirus

काठमाडौं । गत २४ घण्टामा थप ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार १ सय १५ जनाको पीसीआर परीक्षणमा ४ सय २२ र ३ हजार १ सय ७२ जनाको एन्टिजेन परीक्षणमा ४७ गरी देशभर ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको हो ।

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । सोही समयमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५सय ५५ रहेको मन्त्रालयले जनाएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ ।

मन्त्रालयका अनुसार मंगलबार थप ४ सय ६९ जनामा संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार १०७ पुगेको छ । त्यस्तै नेपाल मृत्यु हुनेको संख्या कुल ११ हजार ४२७ पुगेको छ । गत २४ घण्टामा ५सय ५५ जना संक्रमणमुक्त भएसंगै कोरोना संक्रमणबाट निको हुनेको संख्या कुल ७ लाख ९२ हजार ८३२ जना रहेको छ ।

पछिल्लो समयमा नेपालमा पनि बालबालिकामा कोरोना संक्रमण देखिन थालेको छ । १० वर्ष मुनिका १३ र ११ देखि २० वर्ष उमेर समुहमा २२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

यो संगै हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ पुगेको छ । जसमा ८ हजार ४६८ जना होम आइसोलेसनमा छन् भने ७ सय ६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमित मध्य २ सय ४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ कार्तिक १६, १६: २९

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ कार्तिक १६, १६: २९

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ कार्तिक १६, १६: २९

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...