चीन सरकारद्वारा नेपाललाई १६ लाख मात्रा भेरोसेल खोप अनुदान सहयोग – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

चीन सरकारद्वारा नेपाललाई १६ लाख मात्रा भेरोसेल खोप अनुदान सहयोग


नयाँ विकल्प,

काठमाडौं – चीनले नेपाललाई अनुदान सहायता स्वरूप थप १६ लाखमात्रा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ ।

बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई त्यो खोप हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले चीन सरकारले चालु आर्थिक वर्षभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप दिइ सक्ने योजनालाई पूरा गराउन सहयोग स्वरूप खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे।

उनले अहिलेसम्म चीन सरकारले नेपाललाई ३४ लाख मात्रा भेरोसेल खोप अनुदान सहायताका रूपमा उपलब्ध गराएको पनि जानकारी दिए ।

कार्यक्रममा चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन ।

उनले दुई दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारी दिइन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ कार्तिक १७, २०: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ कार्तिक १७, २०: ५७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ कार्तिक १७, २०: ५७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...