
काठमाडौं । गत २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
नेपालमा पछिल्लो घण्टामा थपिएसंगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार २५८ पुगेको छ । त्यस्तै २४ घण्टामा १ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २०२ जना कोरोना संक्रमणमुक्त भएसंगै हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ जना रहेका छ । जसमध्ये ७ हजार १६३ जना होम आइसोलेसनमा, ४७३ जना संस्थागत आइसोलेसनमा, २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको हो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...