
काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका दक्षिण एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले फाइजर बायोएनटेक खोप अभियान २०७८ को निरिक्षण गरेका छन् । बिहीबार काठमाडौंको शिक्षण अस्पताल पुगेर मन्त्री लुले १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई उपलव्ध गराइएको फाइजर खोप अभियानको निरिक्षण गरेका हुन् ।
स्वास्थ्यमन्त्री बिरोध खतिवडाले नेपालमा भइरहेको खोप अभियानको बारेमा जानकारी सहायक विदेशमन्त्री लु लाई जानकारी गराए । कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६ सय ३० मात्रा नेपालले प्राप्त गरेको थियो । निरिक्षणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले नेपालमा भएको खोप अभियानको प्रसंसा गरे ।
विश्वलाई नै कोरोना भाइरस संक्रमणबाट बचाउने एक मात्र उपाय खोप भएको र यसको अन्य बिकल्प नभएका मन्त्री डोनल्ड लुले बताए । बालबालिकाहरुलाई पनि कोरोना संक्रमणबाट जोगाउन खोप लगाउनु पर्ने र सो खोप नेपाललाई सहयोग गर्न अमेरिका तयार रहेको उनले बताए ।
स्वास्थ्य मन्त्री खतिवडाले आगामी दिनमा पनि कोरोनाबिरुद्धको लडाइमा अमेरिकाको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्दै अबको एक महिना भित्रमा फाइजर खोपको थप ६० लाख डोज नेपाल आउने बताए ।

मन्त्रालयका अनुसार मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने छ । नेपालले हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप लगाउँदै आएको छ ।
भिडियाे…
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...