
काठमाडौं । सरकारले रेबिजविरुद्ध लगाइने इम्युनोग्लोबुलिनको सेवा सातै प्रदेशबाट सुरु गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि एकै पटक मुलुकका सातवटै प्रदेशबाट सो सेवा प्रदान गरिने जनाएको हो ।
रेविजविरुद्धको इम्युनोग्लोबुलिन सेवा हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाट मात्र प्रदान गरिदै आएको छ । मंसिर ५बाट सबै प्रदेशमा रेबिज इम्युनोग्लोबुलिनको सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

मन्त्री खतिवडाका अनुसार प्रदेश १ को कोशी अस्पताल, प्रदेश २ को जनकपुर अस्पताल र नारायणी अस्पताल बिरगंज, बागमती प्रदेशमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौडा र भरतपुर अस्पताल चितवन, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, लम्विनी प्रदेशमा लुम्विनी अस्पताल, कणर्ालीमा सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालबाट सो सेवा प्रवाह हुने व्यवस्था मिलाइएको हो । त्यस्तै देशका अन्य अस्पतालहरुमा पनि सो सेवा विस्तार गर्ने मन्त्रालय योजना रहेको बताए ।
पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले नेपालमा रेविजका कारण वर्षेनी १५ देखि २० जनाको मृत्यु हुने गरेको जानकारी दिए । उनका अनुसार रेविज संक्रमित जनावरले टोकेपछि लगाइने उक्त खोपले ७ देखि १० दिनमा मात्रै हाम्रो शरिरले एन्टिबडी निर्माण गर्न थाल्दछ ।
भिडियाे…
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...