
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ११ हजार १५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार १० हजार १०६ जनाको पीसीआर परीक्षणमा ३६३ जना विधि र १८८७ जनाको एन्टिजेन परीक्षणमा ४९ जनामा भाइसरको संक्रमण पुष्टि भएको हो ।
नेपालमा हाल ७ हजार ६४२ जना सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार थप २६० जना संक्रमणमुक्त भएका छन् ।
उपत्यकामा कोरोनाको अवस्था
बिहिबार मात्रै थपिएका २९९ मा काठमाडौं उपत्यकामा मात्रै १२० जना रहेका छन् ।
उपत्यकाका तीन जिल्लाहरु काठमाडौंमा ९०, ललितपुरमा २५ र भक्तपुरमा ५ संक्रमित रहेको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार उपत्यकामा १६२८ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमडौंमा ५८५, ललितपुरमा ५६८ र भक्तपुरमा ४७५ सक्रिय संक्रमित छन्।
यस्ताे छ मन्त्रालयकाे विवरण

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...